आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शाओमीको रेडमी ९सी र मी स्मार्टब्यान्ड ५ नेपालमा सार्वजनिक

बिहीबार, २५ भदौ २०७७, २१ : २०
बिहीबार, २५ भदौ २०७७

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बिहीबार रेडमी ९सीका साथ नेपालमा नयाँ उपकरण थपेको घोषणा गरेको छ । ब्राण्डले नेपालमा मी स्मार्टब्यान्ड ५ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको जनाएको छ । अडियो श्रेणीमा पनि नयाँ उत्पादन—रेडमी सोनिकबेस वायरलेस इयरफोनको घोषणा गरेको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘प्रत्येक रेडमी उपकरणको साथ हामी सबैका लागि प्रविधि उपलब्ध भएको सुनिश्चितताको नजिक पुगेका छौं । रेडमी सिरिजको लोकप्रियता हाम्रा ग्राहकहरुले हामी प्रति देखाएको विश्वासको प्रमाण हो । रेडमी ९सी को साथ हाम्रो उद्देश्य भनेको हामीले बजेट खण्डमा विकास गरेका प्रविधिहरुलाई सबैमाँझ पुर्याउनु हो ।’

उनले शाओमी एक उत्तम प्रविधि कम्पनी बन्न चाहेको बताउँदै भने, ‘विश्वकै सबैभन्दा ठुलो हार्डवयर इन्क्यूबेटर भएकोले हामीलाई नयाँ युगका उत्पादनहरु सृजना गर्न मद्दत गर्दछ  जुन सचेत, जडित र दैनिक जीवनमा सुविधा पुर्याउछ । हामी स्मार्टफोन कम्पनी मात्र होइन । हामीले विभिन्न श्रेणीमा भित्र्याएका हरेक नयाँ उत्पादनहरु त्यसका प्रमाण हुन् । हामी मी स्मार्टब्यान्ड ५ का साथ नेपालमा नयाँ श्रेणी ल्याउँन पाउँदा निकै खुशी छौं र हाम्रा मी फ्यान र प्रयोगकर्ताहरुले मन पराउनेछन् भन्ने आशा राखेका छौं ।’

रेडमी ९सी — ट्रीपल क्यामेरा च्यामपियनका साथ विशाल डिस्प्ले


यो नयाँ इन्ट्री लेबलको स्मार्टफोन इमर्सिभ भ्यूइंग अनुभवका लागि ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्रीद्वारा सुसज्जित छ । जसले प्रयोगकर्तालाई अधिक सन्तुष्टि प्रदान गर्दछ । रेडमी ९सी मा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिंग चिपसेटको विशेषता छ जुन २.३जीएचजेड सम्म जान्छ ।

यसमा एआई ट्रीपल क्यामेरा छ जसले विभिन्न अवस्थामा पनि स्पष्ट तस्वीरहरु खिच्छ । यसमा १३ एमपी मुख्य क्यामेरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश छ । एआई सेल्फी क्यामेरा ५ एमपी सेन्सरद्वारा संचालित छ ।

फोनको पछाडि एक टेक्सचर डिजाइन छ जसले औंलाको छापहरु बस्न दिदैँन ताकी उपकरणले सबै समय आफ्नो यथावत रुप कायम गर्न सक्छ । एआई फेश अनलकले तपाईंको उपकरण  अनधिकृत पहुँचबाट सुरक्षित रहेको सुनिश्चित गर्दछ । यस सिरिजका पूर्ववर्तीहरु जस्तै रेडमी ९सीले डुअल ४जी स्ट्यान्डबाई सीम कार्ड र समर्पित माईक्रोएसडी कार्ड स्ल्ट सर्पोट गर्दछ जुन ३.५एमएम हेडफोन ज्याकका साथ आउने कम्पनीले जनाएको छ । 

मी स्मार्टब्यान्ड ५ः सबैका लागि उन्नत फिटनेश ट्रयाकिङ


उपभोक्ताहरुको लोकप्रिय फिटनेश अब पहिला भन्दा ठुलो र उत्कृष्ट भएको छ । मी स्मार्ट ब्यान्ड ५ मा ठुलो १.१इन्च कलर एमोलेड डिस्प्ले छ जसको स्क्रिन पूर्ववर्तीको भन्दा २० प्रतिशत ठुलो हो । प्रयोगकर्ताहरुले ६५ भन्दा बढि विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गरेर आफ्नो अदभुत स्टाइल व्यक्त गर्न सक्नेछन् । भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइनका साथ मी स्मार्टब्यान्ड ५ ले फिटनेशलाई फेशनेबल बनाएको कम्पनीले जनएको छ ।
 वर्कआउट शैली जे भएपनि मी स्मार्टब्यान्ड ५ ले ग्राहकको आवश्यकतालाई पुरा गरेको कम्पनीको विश्वास छ । ५ एटीएम वाटर—रेसिस्टान्ट—प्रमाणिकरणका साथ उपकरणलाई प्रयोगकताले पानी भित्र वा बाहिर—पुलदेखि ट्रयाक वा पानीको तरंगदेखि शावरसम्म संगै लग्न सक्छन् । ११ वटा व्यायाम मोडहरु सहित—इन्डोर साइकलिंग, इलिप्टिकल, योग, रोइंग मेशिन र जम्प रोप सहित मी स्मार्टब्यान्ड ५ ले वर्कआउट प्रगतिको विवरण समेत कैद गर्छ ।
फिटनेश बाहेक मी स्मार्टब्यान्ड ५ को पीपीजी हार्ट रेट सेन्सर अब ५० प्रतिशत एकुरेट छ । यसका साथै, यस उपकरणले स्वास्थ्य लेबल सहजै बुझ्नका लागि व्यक्तिगत गविविधि इन्टिलिजेन्सका सबै म्याट्रिक्स र आउटपुट संकलन गर्ने जनाइएको छ।  

रेडमी सोनिकबेस वायरलेस इयरफोन


रेडमी सोनिकबेस वायरलेस इयरफोनमा ह्यासल प्रि अनुभवका लागि स्लिक, मिनिलास्टिक र म्याट फिनिश डिजाइनका साथ म्यागनेटिक इयरबड रहेको जनाइएको छ । यो हलुका तौलको समेत रहेको छ भने डुअल पेयरिंग टेक्नोलोजी रेडमी सोनिकबेस वायरलेस इयरफोनको स्ट्यान्डआउट विशेषता हो । जसले नेकब्यान्डलाई एकै पटक दुईवटा उपकरणहरुसंग जडान गर्दै स्वचालित रुपमा दुवैबीच स्वीचिंगको विकल्पसाथ दुवैमा सक्रिय रहन अनुमति दिने बताइएको छ । 

रेडमी ९सी तीन कलर भेरियन्ट सनराइज ओरेन्ज, ट्वीलाइट ब्लु र मिडनाइट ग्रेमा उपलब्ध रहेको छ ,। २जीबी+३२जीबी भेरियन्टको मूल्य १२,९९९ र ३जीबी+६४जीबी भेरियन्टको मूल्य १४,९९९ कायम गरिएको छ । यस्तै मी स्मार्ट ब्यान्ड ५ को मूल्य रु.४,४९९ तोकिएको छ भने रेडमी सोनिकबेस वायरले इयरफोनको मूल्य रु.२०,९९ तोकिएको छ । यी सबै उत्पादनहरु आधिकारिक मी स्टोर, अनलाइन पार्टनर र रिटेल पार्टनरहरुमा बिहीबारदेखि नै उपलब्ध रहको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप