आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हुम्लामा ६ सय घर ३ हप्तादेखि टेलिफोन सेवाबाट वञ्चित

आइतबार, २८ भदौ २०७७, १२ : ४७
आइतबार, २८ भदौ २०७७

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासी र टाढा रहेका आफन्तसँग सम्पर्क गर्न नपाएको उनीहरुको गुनासो छ । 

तीन हप्तादेखि टावरमा समस्या आएपछि मर्मतका लागि टेलिकम शाखा सिमकोटमा बारम्बार जानकारी गराउँदा पनि कुनै वास्ता नगरिएको रिप गाउँका  वीरजन महताराले बताए । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप