सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुई अमेरिकी कम्पनीले कोरोना भ्याक्सिनको तेश्रो चरणको परीक्षण सुरु गर्दै

आइतबार, २८ भदौ २०७७, २३ : १५
आइतबार, २८ भदौ २०७७

एजेन्सी । दुई अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले कोरोना भ्याक्सिनको तेश्रो चरणको परीक्षण सुरु गरेका छन् । ती कम्पनीले आइतबार जनाएअनुसार चाँडै परीक्षणको अर्को चरणका लागि स्वयंसेवकहरु छनौट गरिनेछ । कम्पनीका अनुसार तेश्रो चरणमा ४४ हजार मानिसहरुलाई खोप दिइनेछ । कम्पनीले यो चरणमा ३० हजार जनालाई खोप दिने लक्ष्य राखेको थियो ।

यसैबीच  विश्वमा कोरोना भाइरसबाट हालसम्म २ करोड ८९ लाख ३८ हजार ९५ जना संक्रमित भएका छन् भने ९ लाख २४ हजार ५५८ जनाले ज्यान गुमाएका छन् । यद्यपि, खुसीको कुरा के छ भने विश्वमा २ करोड ८ लाख ५ हजार ७६० जना मानिसहरु निको भएर घर फर्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप