सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जबर्जस्ती करणी मुद्दाका फरार २ जना ६ वर्षपछि पक्राउ

मङ्गलबार, ३० भदौ २०७७, १२ : ३८
मङ्गलबार, ३० भदौ २०७७

कञ्चनपुर । सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

स्थानीय युवतीलाई जबर्जस्ती करणीको वारदातपछि दुवै जना विसं २०७१ फागुन महिनादेखि फरार रहेका थिए । कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई विसं २०७२ असार २८ गते जनही ११÷११ वर्षको कैद सजाय तोकेको थियो । घरमै रहेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप