सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘नक्कली प्रेस कार्ड’ छाप्ने एकजना आईसोलेशनमा, ३ जना धरौटीमा रिहा

बुधबार, ३१ भदौ २०७७, १७ : २१
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । नक्कली प्रेस कार्ड छापेको आरोपमा पक्राउ परेका ३ जना धरौटीमा छुटेका छन् । सो समूहका १ जनाचाहिँ कोरोना भाईरस पुष्टि भएपछि आइसोलेशनमा छन् ।  भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का, नवलपरासी घर भएका रमेश रेग्मी र राजेन्द्रराज भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । 

उनीहरुमध्ये ३ जना मंगलबार जनही १० हजार धरौटी बुझाएर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए ।  कोरानो संक्रमण पुष्टि भएका एकजनालाई साधारण तारेखमा रिहा गरिएको थियो । उनी अहिले आइसोलेशनमा छन् । 

पक्राउ परेका मध्ये एकजनाको कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा उनिहरुलाई पक्राउ गर्ने मध्येका दुईजना प्रहरीलाई कोरोना भाइरस देखिएको छ । संक्रमित असई र हवल्दारलाई प्रहरी अस्पतालको आईसोलेशनमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप