आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्ज’ योजना, प्रथम हुनेले पाउनेछन् १५ हजार नगद

बुधबार, ३१ भदौ २०७७, १७ : ५७
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले देश बिदेशमा रहेका टिक–टक प्रयोगकर्ताहरुका लागि ‘सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्ज’को आयोजना गरेको छ । 

लोकप्रिय गायक प्रकाश सपुतको निकै चर्चित रहन सफल ‘गलबन्दी’ गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्जको आयोजना गरेको छ । 

सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम, द्वितिय  तथा तृतिय उत्कृष्ट भिडियोले क्रमश रु १५००० , रु १००००, र रु ५००० नगद पुरस्कार पाउने छन् । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई रु ५०० बराबरको मोबाइल टपअप प्रदान गरिनेछ ।

भिडियो यही असोज १४ गते सम्म पोस्ट गरी सक्नु पर्नेछ जस्को नतिजा असोज २० गते प्रकाशन गरिने सिटी एक्सप्रेसले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप