सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चन्दा उठाउँदै हिँडिरहेको अवस्थामा विप्लवका २ विद्यार्थी नेता पक्राउ

बिहीबार, ०१ असोज २०७७, १९ : ५२
बिहीबार, ०१ असोज २०७७

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले कास्कीको पोखरा महानगरपालिका–६ हल्लन चोकबाट जबरजस्ती चन्दा उठाउने विप्लव समूहका दुई विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदपयुर त्रियुगा नगरपालिका–७ मोतिडाँडा घर भई काठमाडौँ तार्केश्वर बस्ने २७ वर्षीय रविन केसी र रोल्पा गंगादेवी गाउँपालिका–२ घर भई काठमाडौँ गोगंबु बस्ने २२ वर्षीय रामकुमार डाँगी रहेका छन् ।

उनीहरुलाई नगद एक लाख रुपैयाँ, ४ वटा मोबाइल फोन र चन्दा उठाउन प्रयोग गरिएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) केन्द्रीय समितिका नगद रसिदसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

विप्लवको नाममा विभिन्न पसलदेखि व्यवसायीहरुलाई धम्काउँदै जबरजस्ती चन्दा उठाउँदै हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।

पक्राउ परेका केसी र डाँगी नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका अखिल क्रान्तिकारी सदस्य रहेको खुलेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप