जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरमा
बिहीबार, ०१ असोज २०७७, २३ : ५०
काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल आइपुग्नेछ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल शुक्रबार नेपाल आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् । जयनगर आइपुगेको नेपाली रेललाई हेर्नेको घुँइचो लागेको थियो ।