सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीनमा गरिबी निवारणका लागि ५ वर्षमा १५ खर्ब युआन परिचालन

आइतबार, ०४ असोज २०७७, १९ : ५६
आइतबार, ०४ असोज २०७७

एजेन्सी । चीनले विगत पाँच वर्षमा गरिबी निवारणका लागि १५ खर्ब चिनियाँ युआनभन्दा बढी लगानी गरेको सरकारी अधिकारीले आइतबार जानकारी गराएका छन् । चीनको राष्ट्रिय विकास बैंकद्वारा सार्वजनिक गरेको तथ्याङ्कमा सन् २०१६ देखि चालू वर्षको अगष्टसम्ममा गरिबी निवारणका लागि चिनियाँ राष्ट्रिय विकास बैंकले १५ खर्ब चिनियाँ युआनको ऋण परिचालन गरेको बताएको छ ।

बैङ्कले गरिबी निवारणका लागि अल्पसङ्ख्यक तथा गरिब समुदायको आर्थिक तथा सामाजिक दिगो विकासका लागि उक्त ऋण सहयोग दिएको हो । केही वर्षयता सरकारको गरिबी निवा।रणको नीतिलाई मजबुत बनाउनुका साथै बैंक र सरकारबीचको सहयोगलाई बलियो पारिएको र जिम्मेवारीलाई व्यवहारमा उतार्दै गरिब समुदाय रहेका क्षेत्रमा गरिबी निवारण कार्यक्रमलाई प्रोत्साहन गरिएको छ ।

बैङ्कले मध्य तथा दीर्घकालीन समयका लागि ऋण लगानी गर्दै बैंकिङ्ग सेवाद्वारा नागरिक अर्थतन्त्रको महत्वपूर्ण मध्य तथा दीर्घकालीन विकास रणनीतिका लागि सेवा प्रदान गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप