मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सहकारीले बढी ब्याज लिन नपाउने, सेवा शुल्क पनि कटौतीे  हुँदै

सोमबार, ०५ असोज २०७७, १७ : ००
सोमबार, ०५ असोज २०७७

ब्याजदर निर्धारण समितिको आज बस्ने बैठकले सहकारीमा नयाँ ब्याजदर तोक्ने भएको छ । । सहकारी विभागले ब्याजदर तोक्ने र सेवा सुविधा शुल्क पनि बढी लिन नपाइने व्यवस्था गर्ने भएको छ । 
ब्याजदर निर्धारण र सेवा शुल्क आजै तोकिने सहकारी विभाग स्रोतले जनाएको छ । स्रोतका अनुसार लघुवित्तकै हाराहारीमा ब्याजदर कायम गरिने प्रस्ताव छ । समितिमा सहमति जुट्यो भने सहकारीले बढी ब्याज लिन पाउँने छैनन् । 

सहकारी विभाग स्रोतका अनुसार सेवा शुल्क १ प्रतिशत तोकिने छ । ब्याजदर तोकिएपछि सहकारीले सेवा सुविधाकै नाममा चर्को सेवा शुल्क लिन थालेको गुनासो बढ्दै गएपछि सो शुल्कमा पनि अंकुश लाग्ने भएको छलगाउन थालिएको हो । सहकारीले गत वर्ष सन्दर्भ ब्याजदर तोकेको थियो । जसमा १६ प्रतिशत भन्दा बढी ब्याजमा  ऋण लगानी गर्न नपाइने ब्यवस्था थियो । यद्यपि सो व्यवस्थाको प्रभावकारी  कार्यान्वयन हुन सकेको थिएन । यस्तै बचतमा १० प्रतिशत तोकेको थियो । 

इतिहासमै पहिलोपटक सहकारीमा तोकिएको सन्दर्भ ब्याजदर गत साउन १९ गतेदेखि लागु गरिएको हो । त्यसको एक वर्षपछि पुन यसलाई पुनरावलोकन गर्न लागिएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप