आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनुराग कश्यपकी दोस्री श्रीमतीले भनिन्, ‘बलियोसँग टिकिराख’

मङ्गलबार, ०६ असोज २०७७, ०७ : २९
मङ्गलबार, ०६ असोज २०७७

अभिनेत्री पायल घोषले लगाएको यौन उत्पीडनको आरोपमा अनुराग कश्यपका दुबै श्रीमतीले अनुरागलाई साथ दिएका छन् ।

अनुरागकी जेठी श्रीमती आरती बजाजले इन्स्टाग्राम पोस्ट गर्दै भनिन्, ‘अनुराग कश्यप तपाईं रकस्टार हुनुहुन्छ । तपाईंले महिलालाई पहिला देखि नै सशक्त गर्दै आइरहनुभएको थियो र उनीहरुका लागि सुरक्षित स्थान तयार गर्नुभएको छ, त्यो जारी राख्नुहोस् । म यसलाई सबैभन्दा पहिले हाम्री छोरीसँग देख्छु । संसारमा अलिकति पनि इमान्दारिता बचेको छैन र संसार बेकारका मानिसहरुले भरिएका छन् । मानिसहरुले घृणा गर्नका लागि आफ्नो जति ऊर्जा खर्च गर्छन् त्यो यदि सृजनात्मक क्रियाकलापमा लगाए संसार एक उत्कृष्ट स्थान हुनेछ ।’

आरती बजाजले आफ्नो पोस्टमा थपिन्, ‘अहिलेसम्मको सबैभन्दा घटिया स्टन्ट, सुरुमा मलाई यसमा रिस उठ्यो त्यसपछि बेस्सरी हाँस पनि उठ्यो । तपाईंले यस्ता कुराबाट गुज्रनु पर्यो, म दुःखी छु । तपाईं सधैं उचाईमा रहनुहोस्  र आफ्नो आवाज उठाउन जारी राख्नुहोस् । हामी तपाईंलाई प्रेम गर्छौं ।’

यस्तै अनुरागकी दोस्री श्रीमती कल्की केकलांले पनि इन्स्टाग्राममा पोस्ट गरेकी छिन्, ‘डियर अनुराग, यो सोशल मिडियाको तमाशालाई आफूमा हावी हुन नदिनुहोस् । तपाईंले आफ्नो स्क्रिप्टमा महिलाको स्वतन्त्रताका लागि लड्नुभएको छ । व्यावसायिक र नीजि दुबै स्थानमा महिलाको गरिमालाई तपाईंले सुरक्षा दिनुभएको छ । म यो कुराको साक्षी हुँ कि नीजि र व्यावसायिक दुबै स्थानमा तपाईंले मलाई आफू बराबरको दर्जा दिनुभएको छ । तपाईं सम्बन्धविच्छेद पछि पनि मेरो सम्मानका लागि उभिनुभयो । हामी साथ नहुँदा पनि यदि म कार्यस्थलमा असुरक्षित महसुस गर्दथेँ तपाईंले त्यतिबेला मलाई साथ दिनुहुन्थ्यो ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

@anuragkashyap10

A post shared by Kalki (@kalkikanmani) on

उनले थपिन्, ‘यो एक खतरनाक समय चलिरहेको छ, मानिसहरुको परिणाम नसोचिकनै कसैमाथि आरोप लगाइदिन्छन् । यसले परिवार, साथी र देशलाई ध्वस्त पारिरहेको छ । तर यो भर्चुअल ब्लड बाथभन्दा अलग पनि एक गरिमामयी स्थान छ । जहाँ तपाईंले आफू वरिपरिका मानिसहरुलाई ध्यान दिन आवश्यक छ । मलाई थाहा छ, तपाईंलाई त्यो स्थानबारे राम्रोसँग थाहा छ । आफ्नो गरिमा नछोड्नुहोस्, बलियोसँग टिकिरहनुहोस् र जे काम गरिरहनुभएको छ, त्यो गरिरहनुहोस् । पूर्व श्रीमतीको तर्फबाट प्रेम ।’


यस्तै अनुरागकी ऋचा चड्डाले पायल घोषलाई गलत तरिकाले आफ्नो नाम यसमा तानेको भन्दै कानूनी नोटिस पठाएकी छिन् । ऋचाले कार्ड कपी उनको घरमा नआइपुगेका कारण उनले पायललाई सफ्ट कपी पठाएको जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप