चुनाव अगाडिको मधेसको मूड (फोटोफिचर)
आइतबार, ०१ असोज २०७४, १० : १७
जनकपुर । पछिल्लो साता मधेसमा दुईवटा गर्मी थिए । एउटा मौसमको र अर्को चुनावको । मौसमी र चुनावी दुवै गर्मीलाई जनताले नजिकैबाट हेरेका छन् । चुनावको गर्मीकाबीच पनि जनता चाहीँ आफ्नो नियमित काममा व्यस्त नै थिए ।
तराई मधेशका आठ जिल्लामा भोलि तेस्रो चरणको स्थानीय तहको चुनाव अन्तगर्त मतदान हुँदैछ । साढे ६ हजारभन्दा बढी प्रतिनिधि चयन हुँदैछन् । चुनावको मौन अवधि छ । जनता आफ्नै काममा व्यस्त देखिए ।
सोमवार उनीहरु मतदान गर्न जानेछन् । आफ्नै घरदैलोको काममा रहेका तराई–मधेशका जनताले को–को नेताको भविष्य निर्धारिण गर्ने हुन् यो चाही मतदानपछि मात्र थाहा हुनेछ ।
तराईं मधेशका विभिन्न जिल्लामा पुगेकी रातोपाटीकी फोटो पत्रकार बिजु महर्जनले लिएका तस्वीर :