सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरको जंगलमा महिलाको हत्या आरोपी ५ वर्षपछि पक्राउ

बिहीबार, ०८ असोज २०७७, १७ : २७
बिहीबार, ०८ असोज २०७७

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेलेको जंगलमा ०७२ वैशाखमा आरती परियारको हत्या भयो । 

वैशाख–१२ को महाभूकम्पको त्रासको बीचमा चापागाउँ बस्ने २६ वर्षीया परियारलाई दुईजना युवाले घाँटी रेटेर मारेका थिए । 

इटहरी नगरपालिका–४ घर भएकी आरतीको हत्यामा संलग्न आरोपी ५ बर्षपछि पक्राउ परेका छन् । हत्यापछि फरार भएका सिराहा विष्णुपुरका रविकुमार यादवलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।  

यादवलाई लगातारको निगरानीपछि मैतिदेवीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक )एसएसपी) दिपक थापाले रातोपाटीलाई बताए । 

रवि र अर्का एकजना युवाले गोदावरीस्थित फैडेल सामुदायिक बनमा लगेर आरतीको हत्या गरेका थिए । हत्यामा संलग्न अर्का एकजना अझै फरार छन् । उनको खोजी भइरहेको एसएसपी थापाले बताए ।  

०७२ वैशाख १५ मा आरतीको हत्यापछि रवि कुमार लामो समय भारतको बैंङ्गलोरमा गएर बसेका थिए । उनी नेपाल फर्केको सुराक पाएपछि प्रहरीले उनलाई पिछा गरेको थियो । 

बिहिबार पक्राउ गरिएका हत्या आरोपीलाई आवश्यक कारवाहीका लागि महाशाखाले महानगरीय प्रहरी वृत चापागाउँमा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप