वर्षाले राजधानीको जनजीवन प्रभावित, तस्बिरमा जे देखियो
बिहीबार, ०८ असोज २०७७, १७ : २८
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भएको वर्षाका कारण राजधानीको जनवीवन प्रभावित भएको छ । वर्षा राजधानीसहित देशभर अझै तीन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
तस्बिरहरु : सुवास श्रेष्ठ