आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्युन चापिय क्षेत्र उत्तर–पूर्व सर्दै : बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षा

शुक्रबार, ०९ असोज २०७७, ०६ : ५७
शुक्रबार, ०९ असोज २०७७

हाल भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पूर्व सर्दैछ। आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

शनिबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थानहरू र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

आइतबार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानहरुमा स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का  एक दुई स्थानहरुमा मध्यम वर्षाको  समेत सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप