धनगढीमा ९ जना जुवाडे पक्राउ
आइतबार, ११ असोज २०७७, १७ : ३१
कैलाली । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका २ बाट शनिबार राती ९ जुवाडेलाई पक्राउ गरेको हो ।
बोगटी चोकस्थित एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरीले नगद रु ७५ हजार, २ सय १० र २ गड्डी ताससहित जुवाडेलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए ।