सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाबुरामले खुल्लामञ्चमा सर्वसाधारणलाई खाना खुवाए

बुधबार, १४ असोज २०७७, १३ : ४९
बुधबार, १४ असोज २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले राजधानीको खुल्लामञ्च पुगेर सर्वसाधारणका लागि खाना खुवाएका छन् । बुधबार बिहान खुल्लामञ्च(पुरानो बसपार्कस्थल) पुगेर नेता भट्टराईले सर्वसाधारणलाई खाना खुवाएका हुन् ।

कोरोना महामारीका कारण भएको लकडाउनका कारण कष्टप्रद जीवन विताउँदै आएका सर्वसाधारणलाई यसअघि देखिनै हाम्रो टिम नेपाल नामको संस्थाले त्यहाँ खाना खुवाइँदै आइरहेको छ । डा. भट्टराईले करिब आधा घण्टा सर्वसाधारणलाई  खाना बाँडेका थिए । खाना बाँड्दा उनले सर्वसाधारणहरुसँग केहीबेर कुराकानी समेत गरेका थिए । भट्टराईसँग जसपाकी नेतृ हिसिला यमी पनि पुगेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप