आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिय बहसमा बाइडेनविरुद्ध यसरी खनिए ट्रम्प

बुधबार, १४ असोज २०७७, १५ : ०५
बुधबार, १४ असोज २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनलाई चुनौती दिइरहेका विपक्षी डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जोन बाइडेन मंगलबार क्लिनल्यान्डमा पहिलो बहसका दौरानमा आमने–सामने भए । राष्ट्रपतिय बहसका क्रममा टेलिभिजन प्रस्तोता फक्स न्युजका क्रिस वालेस र विपक्षी उम्मेदवार बोलिरहँदा ट्रम्पले निरन्तर हस्तक्षेप गरिरहे । उनी जसरी रिपोर्टहरुसँग स्पाइरिङ खेल्छन्, बहसमा पनि त्यही रणनीतिमा प्रस्तुत भए ।  

९० मिनेटको यस बहसका दौरानमा ट्रम्पले नीतिका विषयमा बहस गर्ने प्रयासलाई छाँयामा पारे, उनले दुबै उम्मेदवारले बराबर समय आफ्ना धारणा राख्न पाउनुपर्ने नियम तोड्दै आफैं एक्लैले अन्यलाई हप्काइरहे । जसकारण प्रस्तोता वालेसले बाध्य भएर  ‘बाइडेनलाई बोल्न दिऔं’ भन्नुपर्यो ।  बाइडेनले पनि पटक–पटक ट्रम्पलाई शान्त रहन भने । बहसकै दौरानमा टेलिभिजन प्रस्तोताले पनि आफुलाई कार्यक्रम सञ्चालन गर्नै अफ्ठ्यारो भएको धारणा राखे । 

‘यो निकै तातो बहस थियो,’ न्युजर्सीका पूर्वगभर्नर तथा ट्रम्पका सल्लाहकारले एबीसीसँग भने । उनले बाइडेनको प्रस्तुतिको पनि आलोचना गरे ।  ‘यो ९० मिनेट निकै रोचक रह्यो,’ निष्कर्षमा वालेसले भने । ३ नोभेम्बरमा राष्ट्रपतिय निर्वाचन हुनअघि फेरि पनि दुईबीच यस्तै बहस हुनेछ, त्यसक्रममा थप वादविवाद हुने अनुमान गरिएको छ । 

बहसका क्रममा ट्रम्पलाई स्वेत सर्वोच्चतावादी तथा सैन्य समूहको निन्दा गर्न भनियो, तर यो प्रश्नलाई उनले छल्न खोजे । यसअघि एफबिआई तथा होमल्यान्ड सेक्युरिटीका उच्च अधिकारीहरुले यसै महिना स्वेत सर्वोच्चतावादी समूहले हिंसात्मक गतिविधि निम्त्याउने खतरा अमेरिकामा बढेको चेतावनी दिएका थिए ।

कोभिड १९ का कारण बहसको सुरुवातमा  ट्रम्प र बाइडेनले हात मिलाउनु परेन । यद्यपि, दुबैको बडी ल्याङ्ग्वेजले धेरैको ध्यान खिच्यो ।  बहसको अधिकांश समय ट्रम्प आफ्नो प्रतिस्पर्धीविरुद्ध खनिए, उनले कहिले औंला ठड्याए भने कहिले बाइटेडका कुरामा असहमति जनाउन हात हल्लाए ।

यता, बाइडेनले ट्रम्पले हस्तक्षेप गरेर जनताका कुरा राख्न नदिएको आरोप लगाए ।  ‘तपाईहरु (अमेरिकी जनता) जे चाहनुहुन्छ, त्यसबारे ट्रम्प कुरा गर्न चाहाँदैंनन्,’ उनले बहसका क्रममा भने ।   ट्रम्पले बोलिरहेका बेला बाइडेनले कहिले टाउको हल्लाए, कहिले मुस्कान दिए त कहिले हाँसेर उनका कुरालाई उडाइदिए । 

जब, प्रस्तोता वालेसले ट्रम्पलाई २०१६ र २०१७ मा केवल ७ सय ५० डलरमात्रै कर तिरेर ठूलो रकम छली गरेको विषयमा प्रश्न राखे, तब ट्रम्पले यसलाई खारेज गरिदिए । यसअघि न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले कर छली गरेको समाचार छापेको थियो । 

ट्रम्पले भने, ‘मैले दशौं लाख डलर तिरेको छु र यसबारे तपाईहरुले हेर्न पाउनुहुनेछ ।’ यद्यपि, उनले कुनै प्रमाण भने पेश गरेनन् ।  ‘तपाईको ट्याक्स रिटन्र्स हामीलाई देखाउनुस्,’ बाइडेनले पनि बोलिहाले ।  जब वालेसले बाइडेनलाई प्रश्न सोधे । तब, उनले तुरुन्तै आफ्नो आर्थिक योजना पेश गरे । उनले कर्पोरेशन र धनाढ्यलाई फाइदा पु¥याउने ट्रम्पको कर कटौती योजना खारेज गर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप