सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारत तस्करी हुन लागेको ३०० क्विन्टल हरियो केराउ बरामद

बुधबार, १४ असोज २०७७, १९ : ४७
बुधबार, १४ असोज २०७७

काठमाडौँ । प्रहरीले अवैध रुपमा नेपालबाट भारततर्फ तस्करी हुन लागेको ठूलो परिणामको हरियो केराउ बरामद गरेको छ । ६५ सय बोरामा ३०० क्विन्टल हरियो केराउ बरामद गरिएको प्रहरीले जनाएको छ ।

२ नम्बर प्रदेश प्रहरीले नेपालबाट भारततर्फ तस्करीका लागि तयारी अवस्थामा राखेको ३ लाख २५ हजार केजी हरियो केराउ भारतसँग सिमाना जोडिएको पर्साको सीमावर्ती इनारवा गाउँबाट बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा प्रिज्मा एग्रो कमोडिटिज ट्रेडिङ प्रा.लि.ले भारततर्फ तस्करीका तयारी अवस्थामा राखेको केराउ बुधबार नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

केराउसँगै प्रिज्मा एग्रो कमोडिटिज ट्रेडिङ प्रा.लि.का म्यानेजर प्रभात श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहकाअनुसार केराउ तस्करीका लागि प्रयोग हुने ना६त ८७१० नम्बरको ट्याक्टरसमेत नियन्त्रणमा लिएको छ ।

हाल उक्त केराउको बजार मूल्य २ करोड ६० लाख रहेको प्रमुख सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप