आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

बिहीबार, १५ असोज २०७७, ०७ : ५५
बिहीबार, १५ असोज २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। भने देशभर आंशिकदेखि सामान्य  बदली भइरहेको महाशाखाले जनाएको छ । 

यसैगरी, बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।  

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ  स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप