बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु
बिहीबार, १५ असोज २०७७, ०८ : २२
बुटवल – बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वार्ड १० का ८० बर्षीय पुरुषको मृत्यु भएको कोरोना अस्पतालमा फोकल पर्शन डा. शुर्दशन थापाले रातोपाटीलाई बताए ।
असोज १२ गते कोरोना पोजेटिभ देखीएका उनलाई हिजो साझँ ७ बजे कोरोना अस्पस्पतलमा भर्ना गरिएको थियो । उपचार गर्दागर्दा राति मृत्यु भएको डाक्टर थापाले बताए । उनलाई मुटु र प्रेसर रोगको पनि समस्या पनि थियो ।