सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनकपुरमा एक कर्मचारी घुससहित पक्राउ

बिहीबार, १५ असोज २०७७, १४ : ३७
बिहीबार, १५ असोज २०७७

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी दिलिप पजियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेकै बेला रंगेहात पक्राउ गरेका हुन् ।

सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिइरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पजियारलाई पक्राउ गरेको हो ।

कार्यालय सहयोगी पजियारले सेवाग्राहीलाई आफु नै वडा सचिव रहेको र नागरिकताको सिफारिस आफुले नै गर्ने भन्दै उनीसँग घुस मागेका थिए । उनलाई वडा कार्यालयको परिसरबाटै गोप्य सूचनाको आधारमा रंगेहात पक्राउ गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप