बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपाली आवश्कताभन्दा बढी खान्छन् नुन !

बिहीबार, १५ असोज २०७७, १९ : ४२
बिहीबार, १५ असोज २०७७

नेपालीहरूले नुन बढी खाने गरेको एक सर्वेक्षणले देखाएको छ ।  खाना खानुअघि र खाइरहँदा खानामा नुन थपेर ९.२ प्रतिशतले खाने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले देखाएको छ ।

औसतमा नुन सेवन प्रतिदिन ग्राममा ९.१ प्रतिशतले खाने गर्छन । नुन बढी मात्रामा राखिएको (जंक फुड) १९.५ प्रतिशतले खान्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार औसतमा नुन सेवन प्रतिदिन ५ ग्राम सेवन गर्नुपर्छ । यस्तै अध्ययनले पाठेघर परीक्षणको नतिजाका आएपछि स्वास्थ्य उपचार लिने महिला ६३.५ प्रतिशत पुगेको अध्ययनमा उल्लेख गरिएको छ ।

१५–६९ वर्ष उमेरका मानिसले सुर्तिजन्य पदार्थ सेवन २८.९ प्रतिशत गर्ने गरेको सर्वेक्षणमा देखाएको छ भने १७.१ प्रतिशतले भने धुमपान गर्छन् । यस अध्ययनमा ५ हजार ५ सय ९३ जना वयस्कहरू सहभागी थिए ।

काम तथा व्यवसाय सम्बन्धी तनाव हुनेको प्रतिशत ६१.५ प्रतिशतलाई हुने गरेको  देखिएको छ । घरमा हुने सामान्य तनावको मानसिक सर्वेक्षण गर्दा ६२.३ प्रतिशत मानिसमा   पाइएको परिषद्को अध्ययनमा उल्लेख गरिएको छ । 

२९.८ प्रतिशत पुरुष र १९.७ प्रतिशत महिलामा रक्तचाप उच्च देखिएको सर्वेक्षणले देखाएको छ । अध्ययनमा ९० प्रतिशत पुरुष र ८९.९ प्रतिशत महिलाले दाँत माझ्ने गरेको उल्लेख गरिएको छ ।

परिषदले फेब्रुअरीदेखि मे २०१९ सम्म गरेको नेपाल स्टेप्स सर्वेक्षण, २०१९ को नतिजा सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप