सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो हुनेछ आजको मौसम

शुक्रबार, १६ असोज २०७७, ०६ : १४
शुक्रबार, १६ असोज २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। 

महाशाखाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य  बदली भइरहेको जनाएको छ । 

यसैगरी, शुक्रबार दिउँसो प्रदेश १,  प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

भने, प्रदेश १, प्रदेश २,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । 

यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

साथै,  प्रदेश १, प्रदेश २,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप