‘बालै फरर’मा निर्मलको सुरु र यमुनासँग रोमान्स
शुक्रबार, १६ असोज २०७७, ११ : ३१
काठमाडौं – मोडल तथा गायक निर्मल क्षेत्रीको गीत ‘बालै फरर’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा क्षत्री स्वयंमकै शब्द, संगीत समेत रहेको छ ।
गीतमा क्षत्रीलाई गायनमा गायिका बविना किँरातीले साथ दिएकी छिन्, भने संगीत संयोजना यम थापा मगरको रहेको छ । गीतको म्युजिक भिडियो पनि क्षत्रीले निर्देशन गरेका हुन् ।
भिडियोमा निर्मलका साथमा सरु धिमाल, यमुना रसाइली र अन्य कलाकार समेत देखिएका छन् । भिडियो महिला कलाकार बिकनीअवतारमा देख्न सकिन्छ ।
रबि डिको कोरियोग्राफी रहेको भिडियोमा दीपक गिरीको छायाँकन र अमृत चापागाँईको सम्पादन रहेको छ ।