आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डोनल्ड ट्रम्प अस्पताल बाहिर भएका समर्थकलाई भेट्न पुगे

सोमबार, १९ असोज २०७७, ०९ : २८
सोमबार, १९ असोज २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाद्वारा संक्रमित छन् र हाल उनी ह्वाइट हाउसभन्दा टाढा वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना छन् ।

तर आइतबार सबैलाई चकित बनाउँदै उनी अस्पताल बाहिर भएका आफ्नो समर्थकलाई भेट्न पुगे र हात हल्लाएर सबैको अभिवादन स्विकार गरिरहेको देखिए ।

यद्यपि, उनी कारभित्रै बसिरहे । बाहिर भने निस्किएनन् । त्यतिबेला उनले मास्क लगाएका थिए ।

हुन त सोसल मिडियामा सक्रिय हुनेहरुलाई थाहा थियो कि राष्ट्रपति आइतबार अस्पतालबाट बाहिर निस्कनेछन् ।

वास्तवमा ट्रम्पले उक्त ‘सरप्राइज भिजिट’ बारे ट्वीटरमा जानकारी दिएका थिए ।

राष्ट्रपतिका डेप्युटी असिस्टेन्टले भने, ‘एक मेडिकल टिमले कारमा उनलाई बाहिर निस्कने अनुमति दिएका थिए ।’

उनका अनुसार यतिबेला कार चलाउने कर्मचारी र अन्य कर्मचारीको सुरक्षाका लागि सबै आवश्यक कदम उठाइएको थियो ।

यसअघि वाल्टर रिड अस्पतालका डाक्टरले उनी बाहिर गएको विषयमा नकारात्मक प्रतिक्रिया दिएका थिए र भनेका थिए, ‘उनीसँग कारमा बस्ने व्यक्ति संक्रमित हुने जोखिम अत्यधिक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप