आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नागरिक स्टक डिलरको सीईओमा महेश्वरलाल श्रेष्ठ नियुक्त

सोमबार, १९ असोज २०७७, ०९ : ३६
सोमबार, १९ असोज २०७७

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा महेश्वरलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मूल कम्पनीको रुपमा रहेको नागरिक लगानी कोष सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओको जिम्मेवारी दिइएको कोषका प्रवक्ता उद्दव सिलवालले जानकारी दिए । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघि श्रेष्ठ र सन्तोषराज नेपाल सीईओका लागि सर्टलिष्टमा परेका थिए । उनीहरुसँग शनिबार अन्तरवार्ता र आफ्ना व्यवसायिक योजनाको प्रस्तुतीकरण गरिएको थियो । सो प्रस्तुतीकरणका आधारमा श्रेष्ठलाई सीईओमा नियुक्त गरिएको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ नेपाल राष्ट्र बैङ्कका पूर्व कर्मचारी हु्न् । राष्ट्र बैङ्कमा ३० वर्षे सेवा अवधिपछि उनले अघिल्लो वर्ष जेठमा अनिवार्य अवकाश पाएका थिए । राष्ट्र बैङ्कबाट अवकाश पाउनुअघि उनी लामो समय बैङ्कको सुपरिवेक्षण विभागको नेतृत्वमा थिए ।

पुँजीबजारमा हुँदै आएको अस्वभाविक उतारचढावलाई रोक्दै बजारलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले स्थापना भएको नागरिक स्टक डिलर लिमिटेड हालसम्मकै एकमात्र स्टक डिलर कम्पनी हो । सञ्चालनको सबै प्रक्रिया पूरा गरेर पनि कारोबार नथालेको कम्पनीले नयाँ कार्यकारी प्रमुख पाएसँगै कारोबार सञ्चालन सुरु गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप