सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारः ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

सोमबार, १९ असोज २०७७, १३ : २२
सोमबार, १९ असोज २०७७

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगार ठगीका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । 

महानगरीय अपराध महाशाखाका प्रमुख तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार खोजी सूचीमा रहेका तामाङलाई बौद्धबाट पक्राउ गरेको हो । 

तामाङमाथि रोजगारीको लागि विदेश पठाइदिने भन्दै सिर्जना दोङलगायत केही व्यक्तिहरुबाट ४६ लाख ५० हजार रुपैयाँ लिई फिर्ता नगरेको अभियोग लागेको थियो ।

उनलाई ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको २०७४ भदौ ११ गते एक लाख ५० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको थियो । 

अहिले तामाङलाई प्रहरीले काठमाडौँ जिल्ला अदालत बबरमल पठाइएको जनाएको छ ।

सोही मुद्दाका अर्का फरार प्रतिवादी तुलबहादुर तामाङलाई असोज १६ गते डिल्लीबजारबाट पक्राउ गरेको एसएसपी थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप