बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अण्डा वा पनिर ? प्रोटिन र अन्य पोषक तत्व कुनमा बढी ? ?

सोमबार, १९ असोज २०७७, १३ : ४१
सोमबार, १९ असोज २०७७

राम्रो स्वास्थ्यका लागि प्रोटिन असाध्यै जरुरी छ । यदि तपाईं मांसपेशी बनाउन चाहनुहुन्छ वा तौल घटाउन चाहनुहुन्छ भने प्रोटिनयुक्त खानेकुराको महत्व तपाईंलाई राम्रोसँग थाहा होला । जब प्रोटिनको कुरा आउँछ तब अण्डा र पनिको नाम सबैभन्दा पहिला आउँछ । दुबैमा प्रोटिनका साथै अन्य थुप्रै पोषक तत्व जस्तै क्याल्सियम, बी–१२ र आइरन हुन्छन् । शाकाहारीले प्रोटिनका लागि दाल र पनिर खानुपर्छ भने मासांहारीका लागि विभिन्न विकल्प छन् । आज हामी पनिर वा अण्डामध्ये के मा बढी प्रोटिन छ भन्ने कुराको जानकारी लिऔं ।

एउटा उसिनेको अण्डा (४४ ग्राम) मा ५.५ ग्राम प्रोटिन, फ्याट ४.२ ग्राम, क्याल्सियम २४.६ मिलिग्राम, आइरन ०.८ मिलिग्राम र म्याग्नेशियम ५.३ मिलिग्राम हुन्छ ।

अण्डा झैं पनिरलाई पनि विभिन्न खानामा समावेश गर्न सकिन्छ । ४० ग्राम लो फ्याट कटेज चिज पा पनिरमा ७.५४ ग्राम प्रोटिन, ५.८८ ग्राम फ्याट, ४.९६ ग्राम कार्बोहाइड्रेट, ३७.३२ माइक्रोग्राम फोलेट्स र १९०.४ मिलिग्राम क्याल्सियम हुन्छ ।

अण्डा र पनिर दुबैमा प्रोटिनको मात्रा र अन्य पोषक तत्व लगभग एकै किसिमका हुन्छन् । प्रोटिनबाहेक दुबैमा भिटामिन बी–१२, आइरन, क्याल्सियम र थुप्रै भिटामिनको स्रोत हो । अण्डा र पनिरले शरीरलाई सुगठित बनाउन र तौल कम गर्न मद्दत गर्छ ।

प्रोटिनको कमी हुँदा के हुन्छ ?

प्रोटिनको कमी हुँदा शरीरमा ऊर्जा कम हुन्छ । कपाल झर्न थाल्छन्, नङ कमजोर हुन्छन् । तौल कम हुन थाल्छ र घाउ लाग्दा चाँडै निको हुँदैनन् । टाउको दुख्ने लगायत यसको कमीको लक्षण हो ।

 शरीरलाई दैनिक कति प्रतिशत प्रोटिनको आवश्यकता हुन्छ ?

प्रोटिनको आवश्यकता तपाईंको भार र तपाईंको क्यालोरी इनटेकमा निर्भर हुन्छ । तपाईंको कूल क्यालोरीको २० देखि ३५ प्रतिशत प्रोटिनबाट आउनुपर्छ । यदि तपाईं प्रतिदिन २ हजार क्यालोरीको सेवन गर्नुहुन्छ भने तीमध्ये ६ सय क्यालोरी प्रोटिनबाट आउनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप