सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषध ओसापसार गर्ने ५ जना पक्राउ

सोमबार, १९ असोज २०७७, १७ : ५८
सोमबार, १९ असोज २०७७

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध ओसार पसारमा संलग्न ५ जनालाई कास्कीको तुम्केबाट पक्रेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ जोगमाणी घर भएका अथित गुरुङ, समिर गुरुङ,  बाटुलेचौरका मोहित खवास, पोखरा–१९ का  मनोज विक, धादिङ घर भएका ३० वर्षीय कुमार ठकुरी छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको कास्कीका एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

उनीहरुको साथबाट डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल र १ केजी २२३ ग्राम गाँजा बरामद गरेको एसपी श्रेष्ठले बताए । 

उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ विपरितको कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप