सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सस्तोमा डलर साट्ने नाममा लुट्ने गिरोह फेरि पक्राउ

सोमबार, १९ असोज २०७७, १८ : २६
सोमबार, १९ असोज २०७७

काठमाडौँ। ‘सस्तो मूल्यमा डलर साट्छौ’ भनेर एकान्तमा बोलाएर लुट्ने समूहका ४ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३८ वर्षीय श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्दिबहादुर तामाङ उर्फ चैते र ६० वर्षीय गोविन्द तामाङ रहेका छन् । 

नुवाकोटका पोन्जोम शेर्पालाई पाँचखालको लामिडाँडामा बोलाएर सो समूहले ‘सस्तोमा डलर साटिदिन्छौं’ भन्दै १० लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले रातोपाटीलाई बताए । 

गत१२ साउनमा १० लाख लुटेपछि उनीहरु फरार थिए । लुटपाटमा संलग्न चारैजना सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का हुन् ।

लुटपाटमा संलग्न आरोपीमध्ये हर्क तामाङलाई प्रहरीले बुढानिकलण्ठबाट पक्राउ गरेको हो । गोविन्द र बुद्धिलाई सिन्धुपाल्चोकको साँगा चोकबाट र श्रीखण्डलाई बनेपाबाट पक्राउ गरिएको एसपी पौडेलले बताए । 

आरोपीलाई प्रहरीले ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

उक्त गिरोहबाट काठमाडौँ उपत्यकालगायत अन्य जिल्लाहरुमा समेत अनेकौं किसिमका घटना घटाई फरार रहेको प्रारम्भिक रुपमा खुल्न आएको हुँदा यस्ता प्रकतिका घटनाका पीडितहरुलाई प्रहरी कार्यालयमा सम्पर्क हुने आह्वान समेत गरेको छ । 

केही दिनअघि महानगरीय प्रहरी परिसर भक्तपुरले पनि डलर साट्ने बहानामा लुट्ने बाह्रबिसेका दुईवटा समूहलाई पक्राउ गरेको थियो । 

पछिल्लो समय काठमाडौँ उपत्यका र आसपासका जिल्लामा हुने अधिकांश ‘डलर प्रलोभन’ मा हुने लुटपाटमा बाह्रबिसेका लुटेरा संलग्न हुँदै आएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप