सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमबार, १९ असोज २०७७, १९ : २१
सोमबार, १९ असोज २०७७

काठमाडौँ । प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलवस्तु यसोधरा गाउँपालिका–५ का २० वर्षीय तौफिक पठान रहेका छन् ।

लागूऔषध ओसारपसारमा संलग्न रहेका फरार प्रतिवादी पठानलाई कपिलवस्तु नगरपालिका– १ ट्राफिक प्रहरी पोष्ट तौलिहवास्थितबाट सोमबार कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।

२०७६ असोज २० गते प्रहरीले पठान नाइट्रोभेट १० नाम ५ पत्ता लागूऔषध र १२ ग्राम गाँजासहित पक्राउ गरी अदालतमा बुझाएकोमा ३३ हजार धरौटीमा रिहा भएकोमा २०७६ चैत ४ गतेको फैसलाअनुसार पठानलाई २ महिना कैद तोकिएको थियो । लगत्तै पठान फरार भएका थिए ।

पक्राउ परेका पठानलाई आवश्यक कारबाहीको लागि कपिलवस्तु जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप