आजको विदेशी मुद्राको विनिमयदर
मङ्गलबार, २० असोज २०७७, ०८ : ५९
काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार (असोज २०) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ १४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १७ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः