राजको ‘सोच तिम्रो’मा मुना र प्रसन
मङ्गलबार, २० असोज २०७७, १० : २९
काठमाडौं – गायक राज सिग्देलको स्वरमा रहेको ‘सोच तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको छ । पदम विश्वकर्माको शब्द रहेको गीतमा राम कार्कीको संगीत छ ।
द पिक स्टुडियोमा रेकर्ड भएको यो गीत को भिडियोमा दीपक आचार्य र इस्टु कार्कीको अभिनय रहेको छ । भिडियोमा मुना सिलवाल र प्रसन पोखरेललाई पनि देख्न सकिन्छ ।
सुरेश थापाको निर्देशन रहेको भिडियोमा सागर गौतमको छायाँकन तथा अभिनायक सेरचनले सम्पादन रहेको छ ।
भिडियो: