सत्यको आग्रह !: डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन, तस्विरमा हेर्नुहोस्
मङ्गलबार, २० असोज २०७७, १५ : ०८
जुम्लाको चन्दननाथस्थित बाबिरा मन्दिरमा ६ सूत्रीय माग राखेर १९ औं सत्याग्रह सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डा. केसी अनशन बसेको २३ दिन बित्दा पनि सरकारले कुनै चासो देखाएको छैन ।
यता, डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्न थालेपछि उनको समर्थनमा दिनहुँ धर्ना र प्रदर्शन भइरहेका छन् । मंगलबार नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीले पनि डा. केसीको जीवन रक्षाको माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् । हेरौँ तस्विरः