सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बलात्कारको घटना गाउँमै गुपचुप, ६ जना पक्राउ

मङ्गलबार, २० असोज २०७७, १७ : १२
मङ्गलबार, २० असोज २०७७

काठमाडौँ । बझाङकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बालात्कारको घटना गाउँमै गुपचुप पारेको अभियोगमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको मष्टा गाँउपालिकामा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए ।

२९ साउनमा उनीहरूले १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई मिलापत्र गराएका थिए । घटना बाहिर आउन नदिन उनीहरूले पीडित र राजेन्द्र बोहरा पक्षबीच साउन ३१ गते मिलापत्र गराएका थिए । एसएसपी सिंहका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर ५०० रूपैयाँ जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए । ‘बलात्कार जस्तो जघन्य अपराधको घटना गाउँमै गुपचुप गर्नु कानुन विपरित हो,’ एसएसपी सिंहले भने, ‘घटनाबारे थप अनुसनधान भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप