आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मजदूरमा कोरोना देखिएपछि तातोपानी नाका फेरि बन्द

मङ्गलबार, २० असोज २०७७, २० : १२
मङ्गलबार, २० असोज २०७७

काठमाडौं । मजदूरमा कोरोना पोजेटिभ देखिएपछि तातोपानी नाका फेरि बन्द भएको छ । लोड अनलोड गर्ने ३ जना मजदूरहरुमा कोरोना पोजेटिभ देखिएलगत्तै नाका बन्द भएको हो । उनीहरुको नेपाल र चीनमा गरी दुईपटक कोरोना परीक्षण गरिएको थियो । नेपाली परीक्षण नेगेटिभ नतिजा आएका मजदूरमा चिनियाँ ल्याबमा परीक्षण गर्दा नतिजा पोजेटिभ आएको जनाइएको छ । 

शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ चालक तथा लोड गर्ने श्रमिकहरुको आइतबार कोरोना परीक्षण गरिएको र तीमध्ये ३ जनामा संक्रमण देखिएको जनाइएको छ ।  मजदूरहरुमा कोरोना संक्रमण देखिएपछि नाका बन्द भएको छ भने चीनतर्फ रहेका नेपाली मजदूरलाई फर्काउने विषयमा कुराकानी भैरहेको तातोपानी भन्सार कार्यालयको भनाई छ । सो नाका आइतबारदेखि सञ्चालनमा आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप