सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोट जिप दुर्घटनाः मृतकको संख्या ६ पुग्यो (अपडेट)

बुधबार, २१ असोज २०७७, १९ : २०
बुधबार, २१ असोज २०७७

काठमाडौँ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा भएको जिप दुर्घटना परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । बुधबार भएको सो दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेका लालबहादुर बुढाको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो ।  दुर्घटना जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा वडाअध्यक्ष शाहीसहित स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही, मालिका बस्नेत र बुढाको मृत्यु भएको जनाइएको छ । 

दुर्घटनामा १ जना बेपत्ता छन् । बेपत्ताको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । घटनास्थलमा घाइतेको उद्दार र बेपत्ताहरुको खोजी कार्य भइरहेको छ । 

गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीसहित सवार भे १ ज ९३५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप