आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

बिहीबार, २२ असोज २०७७, ०९ : २४
बिहीबार, २२ असोज २०७७

रुपन्देहीका थप एक जना कोरोना  संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

रूपन्देही जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत यहाँका थप एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी सुशील गुरुङका अनुसार असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।  

उनी सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दे मृत्यु भएको गुरुडले बताए ।

यो सँगै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा  अस्पतालमा सात संक्रमितको मृत्यु भइसकेको अस्पताले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप