राष्ट्रिय गीत ‘जाग युवा हो...’ सार्वजनिक
बिहीबार, २२ असोज २०७७, १० : ४४
काठमाडौं – प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो...’ सार्वजनिक भएको छ । इन्दु दनुवारको शब्द, सुरज लामिछानेको संगीत रहेको छ ।
गीतको म्युजिक भिडियो समेत बनेको छ । जसको निर्देशन यादव पुडासैनीले गरेका हुन् ।
नारायण रिजालको कोरियोग्राफी रहेको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार र बालकलाकार आस्तिक रिजालको अभिनय रहेको छ ।
सुरेश बज्राचार्यको छायाँकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ ।
भिडियो: