बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रोग प्रतिरोधी क्षमता बढाउने चक्करमा घरेलु उपाय अपनाउँदा कतै गल्ती त गर्नुभएको छैन ?

शुक्रबार, २३ असोज २०७७, १० : २०
शुक्रबार, २३ असोज २०७७

कोरोनाभाइरसबाट बच्नका लागि धेरैजसो मानिसहरु रोग प्रतिरोधी क्षमता विकास गर्ने कुरामा जोड दिइरहेका छन् । बजारमा यतिबेला हर्बल सप्लिमेन्टको एक किसिमको बाढी नै आएको छ । मानिसहरु डाक्टरलाई सम्पर्क नै गरी भिटामिनका चक्की खाइरहेका छन् । केही मानिसहरु आफूलाई मन लाग्दी गरेर किचनमा राखिएको मसलाको प्रयोग गरिरहेका छन् र सही मात्रा कति हो त्यो नजानिकनै हर्बल काढा बनाएर पिइरहेका छन् । यी सबैले शरीरमा अन्य किसिमको क्षती पुर्याइरहेको छ ।

डाक्टरका अनुसार रोग प्रतिरोधी क्षमता विकसित गर्ने कुनै जादुयुक्त तरिका छैन । यदि तपाईंले रोग प्रतिरोधी क्षमताका लागि घरेलु तरिका अपनाइरहनुभएको छ भने मसलाको उचित मात्रा थाहा पाउन आवश्यक छ । आउनुहोस् यसबारे जानकारी लिऔं ।

बेसारः

बेसारमा पाइने करक्यूमिनमा एन्टीभाइरल र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । पाउडरको तुलनमा काँचो बेसार थप फाइदाजनक हुन्छ र काँचो बेसारलाई तीन हप्ताभित्र खाइसक्नुपर्छ । यसलाई कालो मरिचसँग सेवन गर्दा थप लाभदायक हुन्छ । यदि तपाईं यसलाई मिश्रणमा लिइरहनुभएको छ भने दिनभरी तीन ग्राम अर्थात् आधा चम्चाभन्दा बढी बेसारको सेवन नगर्नुहोस् । यदि तपाईंलाई पेट दुखेको महसुस भइरहेको छ भने खान बन्द गर्नुहोस् ।

अदुवाः

ताजा अदुवाले पेटको ब्याक्टेरियालाई स्थिर गरेर पाचन तन्त्रलाई स्वस्थ बनाउन मद्दत गर्छ । सुकेको अदुवाले फोक्सोलाई सफल गर्ने काम गर्छ । धेरै लाभ पाउनका लागि अदुवालाई कागतीको रससँग मिसाएर पिउनुहोस् । यदि तपाईंलाई ग्यासजस्ता समस्या छ भने यसको सेवन तुरुन्त बन्द गर्नुहोस् । दैनिक १० एमएल (दुई चम्चा) भन्दा बढी अदुवाको रसको सेवन नगर्नुहोस् ।

 कालो मरिचः

कालो मरिचमा हुने पिपेराइनले फोक्सोलाई सफा गर्न मद्दत गर्छ र टी–कोसिकामा सुधार ल्याउँछ जसले संक्रमणसँग लड्न मद्दत गर्छ । कलो मरिचले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यसले करक्यूमिन र बिटा क्यारोटिनको अवशोषणमा सुधार ल्याउँछ त्यसैले यसलाई भिटामिन ए भएको खानासँग मिसाएर खान सकिन्छ । ग्यासको समस्या र छाती पोल्ने समस्या देखिएमा यसको सेवन तुरुन्त रोक्नुहोस् । एक दिनमा चार ग्रामभन्दा कम कालो मरिचको सेवन गर्नुहोस् ।

लसुनः

लसुनमा एलिसिन, डिस्लफेट र थायोसल्फेट पाइन्ट जसले फोक्सोलाई सूक्ष्म जीवबाट जोगाउँछ र पाचन तन्त्रलाई राम्रो बनाउँछ । यसलाई माछासँग सेवन गर्दा थप फाइदाजनक हुन्छ किनभने माछामा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ जसले एलिसिन तत्वलाई थप बढाउने काम गर्छ । शाकाहारीहरुले माछाको साटो आलसको दाना खान सक्छन् । यदि तपाईंको मुखबाट दुर्गन्ध आइरहेको छ र तपाईं कमजोरी महसुस गरिरहनुभएको छ भने यसको सेवन बन्द गर्नुहोस् । एक दिनमा सात ग्राम (एक चम्चाभन्दा बढी) लसुन नखानुहोस् । यदि पाउडरको रुपमा लिइरहनुभएको छ भने एक चिम्टीभन्दा बढी हुनु हुँदैन ।

जिरा र धनियाँको दानाः

जिरा र धनियाँको दाना एकैपटक खानुको फाइदा थुप्रै छ । जिरामा क्यूमिनलडिहाइड र फाइटोकेमिकल्स हुन्छन् जसले पेटलाई राम्रोसँग सफा गर्छ । यसमा सेलेनियम, क्याल्सियम, म्याग्नेसियम र पोटाशियमजस्ता मिनरल्स पाइन्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउन पनि मद्दत गर्छ । यदि तपाईंको रक्तचाप कम छ भने यसको सेवन बन्द गर्नुहोस् । दैनिक ६ सय मिलिग्राम जिरा र एक ग्राम धनियाभन्दा बढी सेवन नगर्नुहोस् ।

मेथीः

मेथीमा एन्टी इन्फ्लेमेटरी तत्व पाइन्छ सले सुगर र कोलेस्ट्रोललाई कम गर्छ । यसले सक्रिय तत्व एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ । मेथीमा एन्टिभाइरल गुण पनि हुन्छ । अंकुरित मेथीमा थुप्रै एन्टिअक्सिडेन्ट हुन्छ र खाली पेटमा यसको सेवनले दोब्बर फाइदा पुर्याउँछ । यदि तपाईंको आन्द्रामा कुनै समस्या देखिएको छ भने यसको सेवन तुरुन्त बन्द गर्नुहोस् । एक दिनमा पाँच ग्राम (एक चम्चा) भन्दा कम मेथीको सेवन गर्नुहोस् नभए कलेजोमा समस्या देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप