मित्र र गरिमाले ल्याए ‘गरिबी’
शुक्रबार, २३ असोज २०७७, १२ : ११
काठमाडौं – दशैं नजिकै गर्दा गरिबका लागि यो खुसी भन्दापनि दुःखको कारण बन्ने गरेको छ । दशै गरिबका लागि कसरी दुःख बन्छ भनेर प्रस्तुत गरिएको गीत ‘गरिबी....’ सार्वजनिक भएको छ ।
मित्र केसी, गरिमा घिमिरेको स्वर रहेको गीतमा शब्द, संगीत समेत मित्रकै रहेको छ ।
निमा रायको निर्देशनमा गीतको भिडियो समेत बनेको छ ।
जसमा राजकुमार महर्जन, सुयासी कार्की, प्रसंशा महर्जन, केशव आचार्य, रविन वस्याल, प्रकृति प्रश्नाको अभिनय देख्न सकिन्छ ।