बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मास्क लगाउँदा नगर्नुस् यी गल्ती

शनिबार, २४ असोज २०७७, १५ : ३४
शनिबार, २४ असोज २०७७

कोरोना भाइरसबाट बचाउनका लागि सबैभन्दा महत्त्वपूर्ण हतियार हो, मास्क । तर, गलत तरिकाले लगाउँदा यसले तपाईलाई सुरक्षा प्रदान नगर्न सक्छ ।
यही कारणे मास्क लगाउँदाको समय मानिसहरुले कस्ता गल्ती गर्छन् भनेर बुुझाउन विश्व स्वास्थ संगठनले एक भिडियो बनाएको छ । मास्क लगाउँदा गर्न नहुने गल्ती यस्ता छन् । 

–    मास्क सधैं मानिसको अनुहारमा टाँसिएको हुनपर्छ, ताकि माथि वा तल कुनै पनि दिशाबाट भाइरस तपाईको नाक र मुखमा प्रवेश गर्न नपाओस् । कतिपयले निकै खुुकुुलोगरी मास्क लगाउँछन्, जो गलत हो । 

–    मास्कले मुख र नाक दुुबैलाई ढाकेको हुनुपर्छ । तर अक्सर मानिसहरु यसमा गल्ती गर्छन् । कतिपयले उनीहरुको नाकमुनी मास्क लगाउँछन् र केवल मुखलाई ढाक्छन् । यदी तपाईले मास्कले मुख र नाकलाई राम्ररी ढाक्नु भएन भने संक्रमित हुने संभावना निकै रहन्छ । 

–     मास्कलाई नियालेर हेर्नुस्, त्यसमा एउटा पिन पनि हुन्छ, जो तपाईको नाकमा फिट हुनेगरी बनाइएको हुन्छ । जब तपाई मास्क लगाउनुहुन्छ, यो पिनसहितको भाग माथि हुन जरुरी छ । कतिपय मानिसहरु उल्टो गरेर मास्क लगाउँछन् र पिनसहितको भाग तल पर्छ । 

–     मास्कको भित्री भाग होस् वा बाहिरी भाग, पहिचान गर्न कुनै अफ्टेरो कुरा होइन । त्यसैले तपाईले कहिल्यै उल्टोगरी मास्क नलगाउनुस् । यदी तपाई उल्टोगरी मास्क लगाउन थाल्नुुभयो भने यसको असर नराम्रो हुनेछ किनकी मास्कको बाहिरी भाग प्रदूषित हुन्छ ।  

–    कतिपयले मास्कलाई बारम्बार छुने गर्छन् । तर बाहिरी भाग प्रदूषित हुने भएकाले तपाईले लगाइरहेको समयमा मास्कलाई बारम्बार नछुनुस् । यदी छुनुुभयो भने पनि हातलाई सेनिटाइजन अवश्य गर्नुस् ।

–    एकपटक मास्क प्रयोग गरिसकेपछि त्यसलाई सेनिटाइज गर्न वा धुन जरुरी हुन्छ । यदी तपाई कपडाको मास्क लगाउनुुन्छ भने त्यसलाई तातो पानी र साबुनले राम्ररी धुनुस् र घाममा सुकाउनुस् । मास्क सधैं सफा हुनुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप