आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आइतबारको मौसम कस्तो रहला ?

आइतबार, २५ असोज २०७७, ०८ : ४८
आइतबार, २५ असोज २०७७

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेको भएको छ र उक्त निम्न चापीय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । 

महाशाखाले हाल देशभर नै आँशिक बदली भइरहेको जनाएको छ । 

यसैगरी, दिउँसोको मौसम भने प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमानमा उल्लेख छ । 

भने, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप