सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२० वर्षीया महिला बेचेको आरोपमा एकजना राजधानीबाट पक्राउ

आइतबार, २५ असोज २०७७, १६ : ०३
आइतबार, २५ असोज २०७७

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले नेपाली महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको आरोपमा गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको छ ।

 सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका तामाङले निम्न परिवारकी २० वर्षीया महिलालाई चार वर्षअघि राम्रो तलब सुबिधासहितको काममा लगाउने भन्दै प्रलोभन देखाएर भारतको मुम्बईमा बेचेका थिए । 

लगत्तै उनी फरार भएका थिए । महिलालई बेचेर नेपाल फर्केकै दिन तामाङविरुद्ध उजुरी परेको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) अनुराग द्विबेदीले जानकारी रातोपाटीलाई दिए । तामाङमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार कारबाही अगाडि बढाइएको एसपी द्विबेदीले बताए ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  भारतमा बेचिएकी महिलाको २०७५ भदौ ५ गते उद्दार भइसकेको छ । ‘शक्ति समूह नामक संस्थाले ती महिलाको उद्दार गरी नेपाल ल्याएको हो,’ एसपी द्विबेदीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप