सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश २ को अनुसन्धान ब्युरो स्थापनासम्बन्धी विधेयक पारित

आइतबार, २५ असोज २०७७, २२ : २८
आइतबार, २५ असोज २०७७

धनुषा । प्रदेश नं २  प्रदेशसभा बैठकले अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशभित्र भएका वा हुन सक्ने अपराध वा अपराधजन्य जानकारी वा सूचना सङ्कलन गर्ने, गराउने ब्युरोको प्रमुख कार्य हुने जानकारी दिए । 

ब्युरोले प्रदेशभित्रको शान्तिसुरक्षा र सुव्यवस्था,  आर्थिक हित र  विकास, औद्योगिकीकरण, व्यापारव्यवसाय प्रवद्र्धनलाई प्रतिकूल असर पार्ने वा पार्न सक्ने सूचना वा जानकारी पनि सङ्कलन गर्नेछ । ब्युरोले आफ्नो कर्तव्य पालनाका सिलसिलामा नेपालको सार्वभौमसत्ता र  राष्ट्रिय सुरक्षा प्रतिकूल हुने वा खलल पार्ने वा पार्न सक्ने प्रकृतिका सूचना वा जानकारी प्राप्त भएमा सोको जानकारी  सङ्घीय सरकारलाई समेत दिने विधेयकमा उल्लेख गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप