सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाबा रामदेव जब हात्तीको पिठ्युँबाट एक्कासि तल खसे...

मङ्गलबार, २७ असोज २०७७, २३ : २६
मङ्गलबार, २७ असोज २०७७

एजेन्सी । सोमबार भारतको मथुरास्थित महावन आश्रममा एउटा घटना भयो । सो घटनाको भिडियो अहिले भारत र अन्य क्षेत्रमा समेत भाइरल भैरहेको छ । घटना के भएको थियो भने  महावनस्थित आश्रममा एउटा योग कार्यक्रम आयोजना गरिएको थियो, जुन कार्यक्रममा बाबा रामदेव उपस्थित थिए । बाबा रामदेव निकै राम्रोसँग सजाइएको हात्तीको पिठ्युँमा चढेर योग गर्न थाले । योग गर्दागर्दै हात्ती उफ्रिन थाल्यो ।

हात्ती सुरुमै चल्मलाउँदा त रामदेवले वास्ता गरेनन् तर फेरि अर्को पटक भने हात्ती निकै झड्का दिने ढंगले उफ्रियो । हात्तीको पिठ्युमा ध्यानमग्न बाबा रामदेव एक्कासि हात्तीबाट तल खसे । रामदेव तल झर्ने वित्तिक्कै वरिपरि रहेका मानिसहरुले उनलाई उठाएको देखिन्छ । त्यसपछि रामदेव निकै आँतिएझै अगाडि दौडिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैले रामदेवलाई मजाकमा उडाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप