सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री पोखरेलले गरे पद बहाली

बिहीबार, २९ असोज २०७७, १८ : ५५
बिहीबार, २९ असोज २०७७

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन् । यसअघि रक्षामन्त्री रहेका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त भएका थिए ।

प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्नेछन् । प्रधानमन्त्री केपी शर्माओलीले रक्षा मन्त्रालयको कार्यभार आफैँले सम्हालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप