आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एक सङ्क्रमितको मृत्यु

शुक्रबार, ३० असोज २०७७, ०९ : ५९
शुक्रबार, ३० असोज २०७७

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए । 

कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो । 

उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा थापाले बताए । उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा थापाले जानकारी दिए । 

योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप