सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शनिबारको मौसम कस्तो रहला ?

शनिबार, ०१ कात्तिक २०७७, ०७ : ०९
शनिबार, ०१ कात्तिक २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार आज उल्लेखनीय मौसमी प्रणाली छैन।

महाशाखाले हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भइरहेको र बाँकी भूभागहरूमा सामान्यतया मौसम सफा रहको जनाएको छ । 

महाशाखाका अनुसार दिउँसो प्रदेश १ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा  गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागहरुमा सामान्यतया मौसम सफा रहनेछ। 

भने, प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

यस्तै, राति प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ  । 

यता, प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप